२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

युएईका राष्ट्रपति र इटालीकी प्रधानमन्त्रीबीच भेटवार्ता: सुरक्षा र अर्थतन्त्रबारे छलफल

युएईका राष्ट्रपति र इटालीकी प्रधानमन्त्रीबीच भेटवार्ता: सुरक्षा र अर्थतन्त्रबारे छलफल

न्युयोर्क- संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीबीच भेटवार्ता भएको छ। मेलोनीको युएई भ्रमणका क्रममा उनीहरूबीच क्षेत्रीय विकास, समुद्री सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रबारे छलफल भएको हो।

वार्तामा युएई र त्यस क्षेत्रका अन्य देशलाई लक्षित गरी भइरहेका आक्रमणबारे गम्भीर चासो व्यक्त गरिएको छ। नागरिकका पूर्वाधारमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र संघको नियमको ठाडो उल्लङ्घन भएको दुवै पक्षले ठहर गरे।

इटालीकी प्रधानमन्त्री मेलोनीले यी आक्रमणको कडा निन्दा गर्दै युएईलाई साथ दिने बताइन्। उनले युएईको सुरक्षा र सार्वभौमसत्ता जोगाउन चालिएका कदममा इटालीको पूर्ण समर्थन रहने प्रतिबद्धतासमेत जनाइन्।

साथै, दुवै नेताले आर्थिक र विकासका क्षेत्रमा भएका प्रगतिको समीक्षा गरे। आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएर लैजाने प्रतिबद्धता उनीहरूले दोहोर्‍याए।