२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

इरानमा खसेको अमेरिकी विमानका दुवै पाइलटको उद्धार

इरानमा खसेको अमेरिकी विमानका दुवै पाइलटको उद्धार

न्युयोर्क- इरानमा खसेको एफ-१५ ई लडाकु विमानका दुवै पाइलटलाई भीषण भिडन्तपछि उद्धार गरिएको छ। अमेरिकी अधिकारीहरूले आइतबार यसबारे जानकारी दिएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यसको पुष्टि गरेका छन्। उद्धार गरिएका दोस्रो पाइलट घाइते भए पनि सुरक्षित र स्वस्थ रहेको उनले बताए।

यो विमान शुक्रबार बिहानै दक्षिणी इरानमा खसेको थियो। एक जना पाइलटलाई पहिल्यै उद्धार गरिएको थियो भने दोस्रो पाइलटको खोजीमा अमेरिकी र इरानी दुवै सेना लागेका थिए।

उद्धार अभियानका क्रममा कुनै पनि अमेरिकी सैनिकको ज्यान नगएको र कोही पनि घाइते नभएको ट्रम्पले दाबी गरे। यसैबीच, इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ ले खोजी कार्यमा खटिएको अर्को एउटा अमेरिकी विमान पनि खसालेको दाबी गरेको छ।