२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

ट्रम्पको धम्कीमा इरानी दूतावासको व्यङ्ग्य: ‘होर्मुजको साँचो हरायो’

ट्रम्पको धम्कीमा इरानी दूतावासको व्यङ्ग्य: ‘होर्मुजको साँचो हरायो’

न्युयोर्क- जिम्बाब्वेमा रहेको इरानी दूतावासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’ बारे दिएको धम्कीको व्यङ्ग्यात्मक जवाफ दिएको छ। ट्रम्पको पोस्ट सेयर गर्दै दूतावासले सामाजिक सञ्जालमा ‘होर्मुजको साँचो हरायो’ भनेर लेखेको छ।

यसअघि ट्रम्पले उक्त समुद्री बाटो तुरुन्तै नखोले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए। उनले इरानका बिजुली केन्द्र र पुलहरूमा आक्रमण गरेर इरानलाई नर्क बनाइदिने धम्की दिएका थिए।

अरू देशमा रहेका इरानी दूतावासले पनि ट्रम्पको उडाएका छन्। दक्षिण अफ्रिकामा रहेको इरानी दूतावासले व्यङ्ग्य गर्दै ‘साँचो फूलदानमुनि छ, साथीहरूका लागि बाटो खुला छ’ भनेको छ।

यसैबीच, इजिप्ट, पाकिस्तान र टर्कीले इरान र अमेरिका दुवैलाई युद्धविरामको प्रस्ताव पठाएका छन्। ४५ दिनभित्र विस्तृत वार्ता गरेर स्थायी युद्धविराम गर्ने उनीहरूको लक्ष्य छ। यो प्रस्ताव इरानका विदेशमन्त्री अब्बास अराघची र अमेरिकी दूत स्टिभ विटकफलाई पठाइएको छ। तर, दुवै पक्षको कडा अडानले गर्दा सहमति हुने वा नहुने अझै टुङ्गो छैन।