२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

इरानमाथिको आक्रमण दुई हप्ता रोक्न ट्रम्प सहमत: हर्मुज खोल्नुपर्ने सर्त

इरानमाथिको आक्रमण दुई हप्ता रोक्न ट्रम्प सहमत: हर्मुज खोल्नुपर्ने सर्त

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथिको बमबारी र आक्रमण दुई हप्ताका लागि रोक्न आफू सहमत भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी दिएका हुन्।

आक्रमण रोक्नका लागि इरानले हर्मुजको जलडमरूमध्य (समुद्री बाटो) तत्काल, पूर्ण र सुरक्षित रूपमा खोल्नुपर्ने सर्त ट्रम्पले राखेका छन्। अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्य पूरा गरिसकेको र सोचेभन्दा बढी सफलता पाएकाले यो निर्णय गरेको उनले प्रस्ट पारे।

अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौता हुन लागेको ट्रम्पको भनाइ छ। मध्यपूर्वमा शान्ति कायम गर्ने विषयमा दुई देश निश्चित सम्झौताको धेरै नजिक पुगेको पनि उनले बताए।