अध्यादेश लागू : विद्युत नियमन र प्राधिकरणका प्रमुखसहित पदाधिकारी पदमुक्त
- २१ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नयाँ अध्यादेश आएपछि विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणका प्रमुखसहित सबै पदाधिकारी पदमुक्त भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार उनीहरू पदमुक्त भएको जानकारी दिएको छ।
मन्त्रालयको सूचना अनुसार विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल पदमुक्त भएका छन्। उनीसँगै आयोगका सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदबाट हटेका छन्।
यसैगरी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि पदमुक्त भएका छन्। प्राधिकरण सञ्चालक समितिका सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पनि पदबाट हटेका छन्। अध्यादेश लागू भएसँगै उनीहरू स्वतः पदमुक्त भएको मन्त्रालयले बताएको छ।