व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
- २१ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं- सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई थुनामा राख्नुको कारणसहित अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ। आइतबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यस्तो आदेश दिएको हो।
भट्टलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी आयुष्मा नेपालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उनलाई थुनामा राख्नुको कारण माग गरेको हो।
अदालतले विपक्षीहरूलाई भट्टलाई के कारणले थुनामा राखिएको हो भन्ने खुलाएर लिखित जवाफ बुझाउन र उनलाई अदालतमा उपस्थित गराउन भनेको छ।