६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

यसअघि उनलाई हिरासतमा राख्न दिइएको दुई वटा आदेशलाई अदालतले उत्प्रेषणमार्फत बदर गरेको छ। सर्वोच्चको यो आदेशसँगै उनी हिरासतमुक्त हुने भएका छन्।