त्रिभुवन विमानस्थलमा टर्किस एयरको जहाजमा आगो लाग्यो, सबै यात्रु सकुशल
- २८ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं – काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरको जहाजमा आगो लागेको छ। सोमबार बिहान इस्तानबुलबाट आएको उक्त जहाजमा आगो देखिएलगत्तै दमकलको सहायताले निभाइएको थियो।
जहाजमा रहेका सबै यात्रुहरू सकुशल छन्। टर्किस एयरका एक अधिकारीले बताएअनुसार जहाज अवतरण गरेर धावनमार्गबाट मोड्ने बेलामा आगो देखिएको थियो। समयमै आगो नियन्त्रणमा आएकाले कुनै पनि मानवीय क्षति हुन पाएन।