६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

एसईई नतिजा सार्वजनिकः पोहोरभन्दा ५ प्रतिशतले सुधार

एसईई नतिजा सार्वजनिकः पोहोरभन्दा ५ प्रतिशतले सुधार

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई नतिजा सार्वजनिक गरेको छ। यसपटक ६५.९८ प्रतिशत विद्यार्थी पास भएका छन्। यो नतिजा गत वर्षको तुलनामा करिब ५ प्रतिशतले राम्रो हो। पोहोर साल ६१.८१ प्रतिशत विद्यार्थी मात्र पास भएका थिए।

शिक्षा सचिव चुडामणि पौडेलले यसपटकको नतिजामा सुधार आएको बताए। यस वर्ष कुल २ लाख ८४ हजार १६० जना विद्यार्थी पास भएका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थी फेल (नन् ग्रेडेड) भएका छन्। अघिल्लो वर्ष नन् ग्रेडेड हुनेको संख्या १ लाख ६७ हजार ५९७ थियो।

नतिजा अनुसार सबैभन्दा धेरै ९४ हजार २२२ जना विद्यार्थीले २.८० देखि ३.६० जीपीए ल्याएका छन्। त्यसैगरी, उच्च अंक मानिने ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको छ।