भारतले रोक्यो चिनी निर्यात, नेपालमा भाउ बढ्ने!
- ३१ बैशाख २०८३
- १ मिनेटको पढाई
काठमाडौं-भारत सरकारले चिनी निर्यातमा पूर्ण रूपमा रोक लगाएको छ। भारतको विदेश व्यापार महानिर्देशनालयले आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नआएसम्म कच्चा, सेतो र प्रशोधित चिनी बाहिर पठाउन नपाइने नियम ल्याएको हो।
आफ्नो देशमा चिनीको अभाव नहोस् र भाउ नबढोस् भनेर भारतले यस्तो निर्णय गरेको हो। तर भारतको यो निर्णयलाई बहाना बनाएर नेपालमा भने व्यापारीले चिनीको भाउ बढाउन सक्ने सम्भावना बढेको छ।
युरोपेली संघ र अमेरिकातर्फ तोकिएको कोटाअनुसार पठाइने चिनी र पहिले नै अनुमति पाइसकेका निर्यातमा भने यो रोक लाग्ने छैन। भारत सरकारले यो नयाँ नियम तत्कालै लागू हुने प्रस्ट पारेको छ।