२२ जेष्ठ २०८३, शुक्रबार
5 June 2026, Friday

अमेरिकी सिनेटबाट आप्रवासी नियन्त्रण गर्ने एजेन्सीका लागि ७० अर्ब डलर बजेट पारित

अमेरिकी सिनेटबाट आप्रवासी नियन्त्रण गर्ने एजेन्सीका लागि ७० अर्ब डलर बजेट पारित

न्युयोर्क- अमेरिकी माथिल्लो सदन सिनेटले सीमा गस्ती र अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) का लागि ७० अर्ब डलरको बजेट पारित गरेको छ। यो बजेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी तीन वर्षको कार्यकालसम्म आप्रवासी नियन्त्रण अभियानलाई आर्थिक सहयोग गर्नेछ।

शुक्रबार बिहान भएको मतदानमा बजेटको पक्षमा ५२ र विपक्षमा ४७ मत खसेको थियो। कुनै पनि डेमोक्र्याट सांसदले यसलाई समर्थन गरेनन् भने एक रिपब्लिकन सांसदले पनि विपक्षमा मत दिए। यो विधेयक अब अर्को हप्ता तल्लो सदनमा मतदानका लागि जानेछ। यसले ट्रम्पको आप्रवासी फिर्ता पठाउने अभियानलाई ठूलो मद्दत पुग्नेछ।

डेमोक्र्याटहरूले आइसका अधिकारीहरूले अनुहार छोपेर कारबाही गर्ने जस्ता कामको विरोध गर्दै आएका थिए। त्यसैले रिपब्लिकनहरूले डेमोक्र्याटहरूको अवरोध छल्न छिटो प्रक्रिया अपनाएर यो बजेट पारित गराएका हुन्। लामो समय चलेको सिनेटको बैठकमा ट्रम्पका समर्थकलाई क्षतिपूर्ति दिने भनिएको विवादित कोष र ह्वाइट हाउसमा बनाउन लागिएको महँगो सभाहलको विषयमा पनि चर्को बहस भएको थियो।