२१ असार २०८३, आइतवार
5 July 2026, Sunday

ब्रुकलिनमा पारिवारिक भोजमा गोली चल्यो, ४ बालबालिकासहित ८ जना घाइते

ब्रुकलिनमा पारिवारिक भोजमा गोली चल्यो, ४ बालबालिकासहित ८ जना घाइते

न्युयोर्क – ब्रुकलिनस्थित कोनी आइल्यान्डमा शनिबार राति एक बन्दुकधारीले गोली चलाउँदा ४ बालबालिकासहित ८ जना घाइते भएका छन्। जुलाई ४ को बिदा मनाउन परिवारले आयोजना गरेको भोजमा यो घटना भएको हो।

न्युयोर्क प्रहरी प्रमुख जेसिका टिसले कालो लुगा र मास्क लगाएका एक व्यक्तिले राति साढे १० बजेतिर गोली चलाएको बताइन्। गोली चल्नुअघि त्यहाँ कुनै झगडा वा विवाद भएको थिएन।

घाइते हुनेहरू ६ देखि ३७ वर्ष उमेर समूहका छन्। छातीमा गोली लागेकी २१ वर्षीया महिलाको अवस्था गम्भीर छ। अन्य सात जना भने खतरामुक्त छन्।

प्रहरीले यो घटनालाई स्थानीय आपराधिक समूहसँग जोडेर अनुसन्धान गरिरहेको छ। यसै साता सोही ठाउँमा आपराधिक समूहसँग सम्बन्धित अर्को हत्या भएको प्रहरीले बताए। आक्रमणकारी घटनास्थलबाट भागे पनि प्रहरीले एउटा बन्दुक फेला पारेको छ। अहिलेसम्म कोही पक्राउ परेका छैनन्।