३० असार २०८३, मङ्लबार
14 July 2026, Tuesday

मेरिल्याण्डमा नेपाली मूलका सतीश चापागाईंलाई डेमोक्रेटिक प्राइमरीमा ऐतिहासिक सफलता

मेरिल्याण्डमा नेपाली मूलका सतीश चापागाईंलाई डेमोक्रेटिक प्राइमरीमा ऐतिहासिक सफलता

न्युयोर्क- मेरिल्याण्ड राज्यस्थित डिष्ट्रिक्ट–७ए बाट नेपाली मूलका युवा सतीश चापागाईं डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा विजयी भएका छन्। उनी हाउस अफ डेलिगेट्स सदस्यका लागि उम्मेदवार थिए।

जुन २३ मा भएको चुनावमा उनले जम्मा १० हजार ४०२ मतमध्ये २ हजार ७१८ मत पाएर दोस्रो स्थान हासिल गरे। यो जितसँगै अब उनले आउँदो नोभेम्बरमा हुने मुख्य चुनावमा रिपब्लिकन उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन्।

सतीश अहिले मेरिल्याण्ड राज्य डेमोक्रेटिक पार्टीका निर्वाचित केन्द्रीय सदस्य हुन्। उनी साना व्यवसायी र बाल्टिमोर काउन्टी पब्लिक स्कुलका दोभाषे पनि हुन्। यसका साथै उनी विभिन्न सामाजिक संस्थामा समेत सक्रिय छन्। उनले महँगी नियन्त्रण, सुरक्षित समुदाय निर्माण र स्थानीय व्यापारलाई बढावा दिने कुरालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका थिए।

साहित्य, समाजसेवा र नेपाली समुदायमा सक्रिय सतीशको यो सफलतालाई अमेरिकाको स्थानीय राजनीतिमा नेपालीहरूको बढ्दो सहभागिताको बलियो उदाहरण मानिएको छ।