३१ असार २०८३, बुधबार
15 July 2026, Wednesday

न्युजर्सीमा कार विष्फोट, एक पुरुष बाँच्न सफल

न्युजर्सीमा कार विष्फोट, एक पुरुष बाँच्न सफल

न्युयोर्क- अमेरिकाको न्युजर्सीस्थित एक शान्त आवासीय क्षेत्रमा सोमबार बिहानै कार विष्फोट भएको छ। बिहान करिब ५:४० बजे कंग्रेसनल लेनमा भएको ठूलो विष्फोटको आवाजले स्थानीय बासिन्दाहरूलाई ब्युँझाएको थियो।

विष्फोटका बेला कारभित्र कोही थियो वा थिएन भन्नेबारे प्रहरीले आधिकारिक रूपमा केही खुलाएको छैन। तर, स्थानीय बासिन्दाहरूले भने एक पुरुष कारबाट सुरक्षित रूपमा बाहिर निस्किएको देखेको बताएका छन्। विष्फोटबाट कार पूर्ण रूपमा ध्वस्त भएको छ भने सडकभरि कारका टुक्राहरू छरिएका छन्। त्यस्तै, नजिकै रहेको एउटा घरको पर्खालमा पनि क्षति पुगेको छ।

उक्त कार किन र कसरी विष्फोट भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ।