३ साउन २०८३, आइतवार
19 July 2026, Sunday

बाढीपहिरोले देशका ६ मुख्य राजमार्ग ठप्प

बाढीपहिरोले देशका ६ मुख्य राजमार्ग ठप्प

काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरो जाँदा छ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग र सालझन्डी ढोरपाटन सडक खण्ड बन्द भएका हुन्। यस्तै, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा यातायात ठप्प भएको छ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनायो।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि देशका धेरैजसो भागमा ठूलो वर्षा हुने सम्भावना छ। मौसम विभागले बाढी र पहिरोको जोखिम रहेकाले सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।