६ साउन २०८३, बुधबार
22 July 2026, Wednesday

आजको विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउण्डको मूल्य कति?

आजको विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउण्डको मूल्य कति?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ६८ पैसा र बिक्री दर १५४ रुपैयाँ २८ पैसा छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ५६ पैसा र बिक्री दर १७६ रुपैयाँ २५ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०६ रुपैयाँ ३६ पैसा र बिक्री दर २०७ रुपैयाँ १७ पैसा छ भने अष्ट्रेलियन डलरको खरिद दर १०७ रुपैयाँ ९५ पैसा र बिक्री दर १०८ रुपैयाँ ३७ पैसा कायम भएको छ।

रोजगारीका लागि उपर्युक्त खाडी मुलुकहरुतर्फ कतारी रियाल एकको खरिद दर ४२ रुपैयाँ १६ पैसा र बिक्री दर ४२ रुपैयाँ ३२ पैसा छ। साउदी रियालको खरिद दर ४० रुपैयाँ ९३ पैसा र बिक्री दर ४१ रुपैयाँ ९ पैसा रहेको छ भने युएई दिरामको खरिद दर ४१ रुपैयाँ ८४ पैसा र बिक्री दर ४२ रुपैयाँ तोकिएको छ। मलेसियन रिङ्गेटको खरिद दर ३७ रुपैयाँ ५८ पैसा र बिक्री दर ३७ रुपैयाँ ७३ पैसा छ।

यसैगरी जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४५ पैसा र चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७१ पैसा छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।