७ साउन २०८३, बिहिबार
23 July 2026, Thursday

बेगम पण्डितद्वारा प्यूठानमा बुबाको स्मृतिमा निःशुल्क खानेपानी सेवा सञ्चालन

बेगम पण्डितद्वारा प्यूठानमा बुबाको स्मृतिमा निःशुल्क खानेपानी सेवा सञ्चालन

काठमाडौं – समाजसेवी बेगम पण्डितले आफ्ना स्वर्गीय बुबा शोभाखर पण्डितको स्मृतिमा प्यूठानमा निःशुल्क सामुदायिक खानेपानी सेवा सञ्चालनमा ल्याएका छन्। प्यूठानको पुण्यखोला प्रतिक्षालय (भट्ट किराना पसल नजिक) स्थापना गरिएको उक्त सेवाको बिहीबार उद्घाटन गरिएको हो।

सार्वजनिक स्थानमा राखिएको यो सेवाबाट दैनिक रूपमा आवतजावत गर्ने पैदल यात्रु, विद्यार्थी, ज्येष्ठ नागरिक र स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिनेछन्।

उद्घाटन कार्यक्रममा बोल्दै बेगमले आफ्ना बुबाको परोपकारी भावनाबाट प्रेरित भएर यो सेवा सुरु गरेको बताए। उनले समुदायप्रतिको यो सानो योगदान भएको भन्दै खानेपानी सेवाको संरक्षण र नियमित सरसफाइ गरिदिन सबैलाई आग्रह गरे। पानी सबैको आधारभूत आवश्यकता भएकाले यस्ता सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु सबैको दायित्व भएको कुरामा उनले जोड दिए।

स्थानीय बासिन्दाले बेगमको यो कामको प्रशंसा गर्दै गर्मीको समयमा सुरु भएको यस अभियानले सर्वसाधारणलाई ठूलो राहत मिल्ने बताए। कार्यक्रममा उपस्थित सबैले खानेपानीको सरसफाइ र दिगो सञ्चालनमा मिलेर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।