सम्पत्ति शुद्धीकरणका सात मुद्दा दायर: १२१ जनाविरुद्ध १ खर्ब १८ अर्ब बिगो दाबी
- ०८ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा दायर गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार यी मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध करिब १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
विभागमा आउने अवैध सम्पत्ति र आतङ्कवादी लगानीसम्बन्धी सूचनालाई सुरुमा छानबिन समितिमा छलफल गरिन्छ। त्यसपछि आवश्यक परेमा अनुसन्धान अधिकृत तोकेर थप प्रक्रिया अघि बढाउने नियम छ।
पछिल्लो समय विभागले राजस्व चुहावट, भन्सार र व्यापारसँग जोडिएका अवैध सम्पत्तिको अनुसन्धानलाई निकै तिव्र बनाएको छ। यसको अनुसन्धान छिटो सक्न विभागभित्रै कानुन, प्रशासन र प्रहरीलगायतका छुट्टाछुट्टै शाखाहरूले काम गरिरहेका छन्।