१३ साउन २०८३, बुधबार
29 July 2026, Wednesday

आजको विदेशी मुद्रा विनिमय दर: डलरसहित अन्य देशको भाउ यस्तो छ

आजको विदेशी मुद्रा विनिमय दर: डलरसहित अन्य देशको भाउ यस्तो छ

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा कायम भएको छ।

त्यस्तै, युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा तोकिएको छ। छिमेकी देश भारतको एक सय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।

रोजगारीका लागि धेरै नेपाली जाने देशहरूमध्ये साउदी रियाल एकको बिक्रीदर ४० रुपैयाँ ९६ पैसा, कतारी रियालको ४२ रुपैयाँ १८ पैसा, युएई दिरामको ४१ रुपैयाँ ८७ पैसा र मलेसियन रिङ्गिटको ३७ रुपैयाँ ६४ पैसा कायम भएको छ। विदेशी मुद्राहरूमध्ये कुवेती दिनार एकको बिक्रीदर सबैभन्दा महँगो ४९९ रुपैयाँ ५५ पैसा पुगेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै बेला परिवर्तन गर्न सक्ने बताएको छ। साथै, बजारमा वाणिज्य बैंकहरूले तोक्ने दर भने राष्ट्र बैंकको भन्दा केही फरक हुन सक्ने बताइएको छ।