उद्धार र राहतमा जुट्न पूर्वराजा ज्ञानेन्द्रको अपील
- १० भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्। उनले देशवासीको नाममा सन्देश निकाल्दै बेपत्ता भएका सुरक्षाकर्मी र आम नागरिकको खोजी कार्यलाई छिटो र प्रभावकारी बनाउन भनेका छन्।
यस प्राकृतिक विपत्तिको बेला खोजी, उद्धार, राहत र उपचारमा कुनै कमी हुन नदिन उनले सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्। सरकार, सुरक्षा निकाय, स्थानीय तह र आम नागरिक सबै मिलेर विपत्तिमा परेकाहरूलाई सहयोग गर्न उनले अपील गरेका छन्। साथै, छिमेकी देशलाई समेत असर पर्ने यस्तो विपत्तिमा तीनवटै देश मिलेर काम गर्नु पर्ने उनको सुझाव छ।