२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

बाढीमा फसेका ४३ विदेशीसहित २०८ जनाको सुरुङबाट सकुशल उद्धार

बाढीमा फसेका ४३ विदेशीसहित २०८ जनाको सुरुङबाट सकुशल उद्धार

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण फसेकाहरूको उद्धार कार्य जारी छ। नेपाली सेनाले हेलिकप्टरको मद्दतमा आज दिउँसोसम्म त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार गरेको छ। उद्धार गरिएका मध्ये ४३ जना विदेशी नागरिक छन्।

सेनाका अनुसार सुरुङबाट निकालिएका विदेशीहरूमा ३८ जना चिनियाँ र ५ जना भारतीय नागरिक परेका छन्। अहिले संयुक्त उद्धार टोलीले ‘ड्रिलिङ मेसिन’ जस्ता उपकरण प्रयोग गरेर सुरुङको बाहिरी भाग पत्ता लगाउने र खोल्ने प्रयास गरिरहेको छ।

यसका साथै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ७ हजारभन्दा बढी सैनिकहरू खटिएका छन्। उनीहरूले अन्य निकायसँगको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र शव व्यवस्थापनको काम लगातार गरिरहेका छन्।