२० भदौ २०८३, शनिबार
5 September 2026, Saturday

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी रकम सङ्कलन

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी रकम सङ्कलन

काठमाडौं- रसुवाका बाढी प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रकम जुट्ने क्रम बढिरहेको छ। कोषमा हालसम्म ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ जम्मा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यसअघि सरकारले कोषबाट १ अर्ब रुपैयाँ प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

कार्यालयका अनुसार नौ वटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी सनराइज बैंकको विदेशी मुद्रा खातामा करिब १ करोड ९८ लाख अमेरिकी डलर सङ्कलन भएको छ।