न्युयोर्कमा राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, जलवायु परिवर्तन मुख्य एजेण्डा
- २४ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा अमेरिकाको न्युयोर्कमा मंगलबारदेखि सुरु भएको छ। आगामी भदौ २९ सम्म चल्ने महासभामा विश्व शान्ति, सुरक्षा र जलवायु परिवर्तन मुख्य एजेण्डा बनेका छन्।
‘विश्वासको पुनस्र्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ नारासहित सुरु भएको बैठकमा महासभाका अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले विश्वमा देखिएका द्वन्द्व, गरिबी र जलवायु सङ्कट समाधानका लागि आपसी सहकार्यमा जोड दिए।
महासभाको अवसरमा नेपालका तर्फबाट राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धताको माग गरे। उनले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन र जलवायु परिवर्तनमा लचिलोपनका लागि प्रतिबद्धताअनुसार काम गर्न अपिल गरे।