हामी नेपाली इन्टरनेशनलद्वारा पार्क सरसफाइ कार्यक्रम आयोजना हुँदै
- ०५ अशोज २०८३
- १ मिनेटको पढाई
हामी नेपाली इन्टरनेशनल र सिटी पार्क फाउन्डेसनको सहकार्यमा सार्वजनिक पार्क सरसफाइ कार्यक्रम आयोजना हुने भएको छ। ‘सफा पार्क, हरियाली भविष्य’ भन्ने नाराका साथ यो अभियान सञ्चालन गर्न लागिएको हो।
न्युयोर्क- आगामी सेप्टेम्बर २७ तारिख आइतबारका दिन यो सरसफाइ कार्यक्रम हुनेछ। आयोजकका अनुसार, कार्यक्रम बिहान ११ बजे सुरु भएर दिउँसो १२:३० बजेसम्म चल्नेछ। एल्महर्स्ट अस्पतालको अगाडि, ब्रोडवे र ७८ औं स्ट्रिटको चोकमा रहेको फ्र्याङ्क डी. ओ’कनर खेलमैदानमा सरसफाइ गर्न लागिएको हो।
आफ्नो वरपरको पार्कलाई सबैका लागि सफा र आकर्षक बनाउन यो अभियान सुरु गरिएको संस्थाले जनाएको छ। पूरै समय वा केही बेर मात्रै भए पनि उपस्थित भएर सरसफाइमा सहयोग गर्न आयोजकले सबैलाई आग्रह गरेका छन्।
