३ अशोज २०८३, शनिबार
19 September 2026, Saturday

न्युयोर्कको आकाशमा दुई विमान ठोक्किए, एक पाइलटको मृत्यु

न्युयोर्कको आकाशमा दुई विमान ठोक्किए, एक पाइलटको मृत्यु

न्युयोर्क- अमेरिकाको न्युयोर्कस्थित एडिनबर्ग नजिकै आकाशमा दुईवटा ग्लाइडर विमान एकआपसमा ठोक्किँदा एक पाइलटको ज्यान गएको छ।

न्युयोर्क राज्य प्रहरीका अनुसार लेक जर्जबाट करिब एक घण्टाको दूरीमा रहेको ह्विलर रोड क्षेत्रमा यो दुर्घटना भएको हो। एउटा विमान स्यान्ड लेक रोड नजिकैको एकान्त क्षेत्रमा खसेको थियो। उक्त विमानमा पाइलट मात्र थिए र उनको मृत्यु भयो।

अर्को विमान भने सुरक्षित रूपमा प्लेटो स्काई रान्च विमानस्थलमा अवतरण गरेको प्रहरीले बताए। सो विमानका पाइलटलाई कुनै चोटपटक लागेको छैन। ज्यान गुमाउने पाइलटको नाम प्रहरीले अहिलेसम्म सार्वजनिक गरेका छैनन्। यस घटनाको बारेमा संघीय उड्डयन प्रशासनले पनि तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।