३ कार्तिक २०८३, मङ्लबार
20 October 2026, Tuesday

बडादशैंको अवसरमा ‘हामी नेपाली’का अध्यक्ष केसीले दिए शुभकामना

बडादशैंको अवसरमा ‘हामी नेपाली’का अध्यक्ष केसीले दिए शुभकामना

‘हामी नेपाली इन्टरनेशनल’का संस्थापक अध्यक्ष नवराज केसीले बडादशैं २०८३ को फूलपातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

केसीले माता दुर्गा भवानीको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ ऊर्जा छाओस् भन्दै शुभकामना दिएका हुन्। उनले सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन्।

आफ्नो शुभकामना सन्देशमा उनले नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानलाई विश्वभर संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। आपसी सद्भाव, पारिवारिक एकता र मानवताको भावनासहित एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने उनको भनाइ छ।