१७ कार्तिक २०८३, मङ्लबार
3 November 2026, Tuesday

फ्लोरिडाको बस्तीमा विमान दुर्घटना, ९ जनाकाे मृत्यु

फ्लोरिडाको बस्तीमा विमान दुर्घटना, ९ जनाकाे मृत्यु

न्युयोर्क- अमेरिकाको दक्षिण फ्लोरिडास्थित ग्रिन एकर्सको बस्तीमा एउटा निजी विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ९ जनाको मृत्यु भएको छ। टेक्सासबाट बहामासका लागि उडेको सो विमान सडक नजिकै खसेर भयानक आगलागी भएको थियो।

दुर्घटनाअघि पाइलटले विमानको पखेटामा बरफ जमेको र उडानमा असन्तुलन आएको जानकारी गराएका थिए। त्यसलगत्तै विमान अनियन्त्रित भई तीव्र गतिमा तल खसेको थियो। भुइँमा रहेका कसैलाई पनि केही नभएको फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले बताए।

दुर्घटनापछि त्यहाँको प्रशासनले नजिकैको बस्तीबाट करिब ६ सय जनालाई सुरक्षित स्थानमा सारेको छ। दुर्घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्।