१७ कार्तिक २०८३, मङ्लबार
3 November 2026, Tuesday

अक्टोबरमा १ लाख ३२ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै अमेरिकी

अक्टोबरमा १ लाख ३२ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै अमेरिकी

सन् २०२६ को अक्टोबर महिनामा १ लाख ३२ हजार ८ सय १४ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सङ्ख्या गत वर्षको अक्टोबरको तुलनामा करिब ४ हजारले धेरै हो।

यस पटक नेपाल आउनेमा सबैभन्दा धेरै अमेरिकी पर्यटक रहेका छन्। अक्टोबरमा १७ हजार ४ सय ३७ जना अमेरिकी नेपाल आए। अघिल्लो वर्ष यही महिनामा १३ हजार २ सय ८६ अमेरिकी आएका थिए।

दोस्रो स्थानमा रहेका भारतीय पर्यटकको सङ्ख्या भने यस पटक घटेको छ। गत वर्ष १७ हजार २ सय ९८ भारतीय आएकोमा यस वर्ष १२ हजार ९७ जना मात्रै आए। त्यस्तै, चीनबाट ११ हजार ६ सय ९५ जना पर्यटक आएका छन् भने धेरै पर्यटक आउने देशको चौथो स्थानमा बेलायत रहेको छ।