१७ कार्तिक २०८३, मङ्लबार
3 November 2026, Tuesday

अमेरिकी मध्यावधि चुनाव: रिपब्लिकनको पकड रहेका राज्यमा डेमोक्रेटको अग्रता

अमेरिकी मध्यावधि चुनाव: रिपब्लिकनको पकड रहेका राज्यमा डेमोक्रेटको अग्रता

अमेरिकी मध्यावधि चुनावअघि गरिएको सर्वेक्षणमा रिपब्लिकनको बलियो पकड रहेका पाँच राज्यको सिनेट प्रतिस्पर्धामा डेमोक्रेटिक उम्मेदवारहरूले अग्रता लिएका छन्। न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणअनुसार टेक्सास, कन्सास, मेन, ओहायो, अलास्का, मिशिगन र आयोवामा डेमोक्रेट उम्मेदवारहरू रिपब्लिकन प्रतिस्पर्धीभन्दा अगाडि देखिएका हुन्।

यस चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको असन्तुष्टि र बढ्दो महँगी मुख्य मुद्दा बनेका छन्। सर्वेक्षण गरिएका सात राज्यमा ट्रम्पको कामलाई ३८ प्रतिशतले मात्र समर्थन गरेका छन् भने महँगीको मुद्दामा डेमोक्रेटहरू रिपब्लिकनभन्दा ९ प्रतिशतले अगाडि छन्।

नोभेम्बर ३ मा प्रतिनिधिसभाका सबै ४ सय ३५ र सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ। सिनेटमा बहुमत प्राप्त गर्न डेमोक्रेटले रिपब्लिकनका कम्तीमा चार सिट जित्नुपर्नेछ। सर्वेक्षणले डेमोक्रेटलाई सिनेटको नियन्त्रण मिल्ने सम्भावना देखाए पनि अन्तिम नतिजा भने मतदाताकै हातमा हुनेछ।