१ मंसिर २०८३, मङ्लबार
17 November 2026, Tuesday

मानव र वन्यजन्तुको द्वन्द्व घटाउन भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

मानव र वन्यजन्तुको द्वन्द्व घटाउन भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

मानिस र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्व कम गर्न र सँगै बाँच्ने दिगो उपाय खोज्न भुटानको थिम्पुमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको यो सम्मेलन मङ्सिर २ गतेसम्म चल्नेछ।

विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङले वन क्षेत्र विस्तार, पूर्वाधार निर्माण, जलवायु परिवर्तन र जनसङ्ख्याको चापले गर्दा मानिस र जनावरबीचको द्वन्द्व बढेको बताए। बस्ती र खेतबारीमा वन्यजन्तु पस्दा स्थानीयको ज्यान र खानाको सुरक्षामा चुनौती थपिएकाले सम्मेलनमा यसबारे गहिरो छलफल हुने उनले जानकारी दिए।

सम्मेलनमा हात्ती, बाघ र हिउँचितुवाजस्ता जनावर र मानिसबीचको द्वन्द्व घटाउने नयाँ प्रविधि, सफल अनुभव र चुनौतीबारे कुराकानी हुनेछ। विश्व वन्यजन्तु कोष भुटानको सह–आयोजनामा भएको यस कार्यक्रममा नीति निर्माता, अनुसन्धानकर्ता, संरक्षणकर्मी र स्थानीय समुदायका प्रतिनिधिहरू सहभागी छन्।