१ मंसिर २०८३, मङ्लबार
17 November 2026, Tuesday

सी, ट्रम्प र पुटिनबीच चीनको शेन्जेनमा पहिलो त्रिपक्षीय बैठक हुने

सी, ट्रम्प र पुटिनबीच चीनको शेन्जेनमा पहिलो त्रिपक्षीय बैठक हुने

आगामी नोभेम्बर १९ (मङ्सिर ४ गते) चीनको शेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो त्रिपक्षीय शिखर बैठक हुने भएको छ। चीनको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो।

यस बैठकमा के विषयमा छलफल हुनेछ भन्नेबारे मन्त्रालयले खुलाएको छैन, तर विश्वका तीन प्रमुख शक्तिका राष्ट्रप्रमुखबीच हुने यो भेटलाई कूटनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिएको छ।

यो भेटवार्ता चीनको गुआङ्दोङ प्रान्तमा नोभेम्बर १७ र १८ मा हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिखर सम्मेलनसँगै हुन लागेको हो। चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्का अनुसार एपेक सम्मेलनमा सीसहित १२ सदस्य राष्ट्रका नेता र विश्वका ११५ ठूला कम्पनीका प्रतिनिधि सहभागी हुनेछन्, जसमा २० प्रतिशत अमेरिकी कम्पनी रहनेछन्।

सम्मेलनमा आपूर्ति शृङ्खला बलियो बनाउने, क्षेत्रीय व्यापार सहज गर्ने तथा डिजिटल र हरित अर्थतन्त्रमा लगानी बढाउने विषयमा छलफल हुनेछ। एपेक नेताहरूको बैठकका लागि नीतिगत सुझाव तयार पार्न नोभेम्बर १४ देखि नै शेन्जेनमा व्यापार सल्लाहकार परिषद्को बैठक पनि चलिरहेको छ।