३० कार्तिक २०८३, सोमवार
16 November 2026, Monday

रास्वपा सभापति लामिछानेद्वारा जनकपुरधामका छठघाटमा पूजा आराधना

रास्वपा सभापति लामिछानेद्वारा जनकपुरधामका छठघाटमा पूजा आराधना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामका विभिन्न छठघाटमा पुगेर पूजा आराधना गरेका छन्। उनले गङ्गासागर पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि मुजेलियास्थित छठघाटमा पनि पुगेर पूजा गरेका हुन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार छठ पर्वका लागि जनकपुरधामका तालतलैया र घाटहरूलाई आकर्षक रूपमा सजाइएको छ भने व्रतालुहरूको सहजताका लागि जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ।