३० कार्तिक २०८३, सोमवार
16 November 2026, Monday

वीरगन्जको घडिअर्वा पोखरी पुगेर सभामुख अर्यालले मनाए छठ

वीरगन्जको घडिअर्वा पोखरी पुगेर सभामुख अर्यालले मनाए छठ

सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगन्जको ऐतिहासिक घडिअर्वा पोखरी र नगवा पोखरीमा आयोजना गरिएको छठ पूजामा सहभागी भएका छन्। त्यहाँ पुगेर उनले पूजास्थलको अवलोकन गर्दै स्थानीय श्रद्धालुहरूसँग भेटघाट तथा कुराकानी गरे।

छठ पर्वको अवसरमा वीरगन्जका घडिअर्वा र लाछुमनवा लगायतका छठ घाटहरूलाई विशेष रूपमा सजाइएको छ। घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुले भारतको कोलकाताबाट कालीगढ ल्याएर पोखरी सिँगारेको बताए। उनका अनुसार त्यहाँ करिब ५ हजार ५ सय व्रतालु र हजारौँ दर्शनार्थी आउने अपेक्षा गरिएको छ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सम्पूर्ण घाटहरूमा सुरक्षाका लागि चौबीसै घण्टा प्रहरी खटाइएको जानकारी दिए। व्रतालुहरूले आज अस्ताउँदो र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ विधिवत् रूपमा सम्पन्न हुनेछ।