३० कार्तिक २०८३, सोमवार
16 November 2026, Monday

सबै धर्म र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

सबै धर्म र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्। छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री शाहले अस्ताउँदो र उदाउँदो सूर्य दुवैलाई उत्तिकै श्रद्धाका साथ पूजा गरिने यस पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनको गहिरो दर्शन सिकाउने उल्लेख गरेका छन्। साथै, उनले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्न प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन्।

आफ्नो सामाजिक सञ्जालमा छठ पूजाको तस्बिर राख्दै प्रधानमन्त्री शाहले मैथिली भाषामा पनि भगवान् सूर्यदेव र छठी माताले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन् भन्दै शुभकामना व्यक्त गरेका छन्।