२८ कार्तिक २०८३, शनिबार
14 November 2026, Saturday

पत्रकार राजकरण महतोको पहलमा पञ्चधुरा माई मन्दिर परिसर सफाइ अभियानलाई निरन्तरता

पत्रकार राजकरण महतोको पहलमा पञ्चधुरा माई मन्दिर परिसर सफाइ अभियानलाई निरन्तरता

महोत्तरीको बर्दिबास नगरपालिका-४ स्थित ऐतिहासिक पञ्चधुरा माई मन्दिर परिसर र त्यहाँ रहेको प्राकृतिक मूलको छठ पर्वको अवसर पारेर सरसफाइ गरिएको छ। शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नं. ३९ रिजर्भ गणको विशेष सहयोग र गणपति पंकज पौडेलको उपस्थितिमा सरसफाइ अभियानको तेस्रो चरण सम्पन्न भएको हो।

पत्रकार तथा सामाजिक अभियन्ता राजकरण महतोको पहलमा सञ्चालित यस नियमित अभियानमा सुरक्षाकर्मीका साथै स्थानीयवासी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाउँदै आएका छन्।

केही समयअघि मन्दिर परिसरको ऐतिहासिक प्राकृतिक मूल (जरुवा) सुक्दा त्यहाँको पोखरीसमेत सुक्ने अवस्थामा पुगेको थियो, जसले गर्दा मन्दिरको प्राकृतिक पहिचान नै संकटमा परेको थियो। तर, हालै यो मूल फेरि पलाएपछि यसको दीर्घकालीन संरक्षण गर्न र मन्दिर क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्त्व बढाउन यो सामूहिक सरसफाइ अभियानलाई निरन्तरता दिइएको हो।