२७ कार्तिक २०८३, शुक्रबार
13 November 2026, Friday

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना: चालकसहित १० को मृत्यु, ६ घाइते

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना: चालकसहित १० को मृत्यु, ६ घाइते

काठमाडौँबाट सर्लाही जाँदै गरेको यात्रुवाहक विद्युतीय गाडी मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। आज बिहान भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।

दुर्घटनामा ज्यान गुमाउनेमा चालक सर्लाहीका रविशङ्कर कुमार मण्डलसहित ५ पुरुष, ३ महिला र २ बालिका छन्। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलमा उद्धार गरेका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अन्य मृतकको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए।