ट्रम्पद्वारा भान्सलाई घरेलु मुद्दामा केन्द्रित हुन निर्देशन
- २७ कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धको विषय छोडेर देशभित्रको भ्रष्टाचार र अपराध नियन्त्रणमा केन्द्रित हुन निर्देशन दिएका छन्। मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हार बेहोरेपछि युद्धको आलोचना बढेकाले उनले यस्तो निर्देशन दिएका हुन्।
ट्रम्पले अमेरिकाले आफ्नो पैसा र हर्मुज जलघाँटीमाथिको नियन्त्रण पाइसकेकाले इरानसँग कुनै सम्झौता गर्नु नपर्ने दाबी गरेका छन्। तर, आवश्यक परे फेरि सैन्य कारबाही गर्न भने आफू तयार रहेको उनले बताए। उपराष्ट्रपति भान्सले पनि चुनावमा पार्टीले हार्नुको एउटा कारण इरान युद्ध नै भएको बताएका थिए।
यसैबिच, इरानी संसद्का अध्यक्षले अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत प्रत्यक्ष वार्ता गर्न खोजेको दाबी गरेका छन्, यद्यपि अमेरिकाले यसको पुष्टि गरेको छैन। उता हर्मुज जलघाँटी आसपास तेलका ट्याङ्करहरूमाथि निरन्तर आक्रमण भइरहेको छ, जसले गर्दा विश्वको समुद्री सुरक्षा र ऊर्जा आपूर्तिमा चिन्ता थपिएको छ।