२८ कार्तिक २०८३, शनिबार
14 November 2026, Saturday

विश्व प्रहरी शिखर सम्मेलनमा भाग लिन गृहमन्त्री गुरुङ युएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा भाग लिन गृहमन्त्री गुरुङ युएई प्रस्थान

गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गरेका छन्।

सम्मेलनका क्रममा उनले विभिन्न देशका समकक्षीहरूसँग भेटवार्ता गर्नुका साथै सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गर्ने उनको सचिवालयले जनाएको छ। यस सम्मेलनमा उच्चस्तरीय नीतिगत छलफल, कार्यशाला, अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कार वितरण जस्ता विविध कार्यक्रमहरू हुनेछन्।

सम्मेलनमा विशेषगरी साइबर आक्रमण तथा डिजिटल ठगी, एआईमा आधारित प्रहरी सेवा, क्रिप्टो र वित्तीय अपराध नियन्त्रण, लागुऔषध तथा सङ्गठित अपराध, सीमा सुरक्षा र आधुनिक फरेन्सिक प्रविधिलगायत १४ वटा सुरक्षासँग सम्बन्धित मुख्य विषयमा विस्तृत छलफल हुनेछ।