२४ कार्तिक २०८३, मङ्लबार
10 November 2026, Tuesday

पोखराको पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल बढ्यो

पोखराको पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल बढ्यो

पर्यटकीय सिजन सुरु भएसँगै पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढेको छ। चाडपर्वको समयमा सङ्ग्रहालय घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको हो।

सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले चालु आर्थिक वर्षको कात्तिक २० गतेसम्म २० हजार ९ सय ३८ जनाले अवलोकन गरेको जानकारी दिइन्। उनका अनुसार यस अवधिमा सार्क राष्ट्रका २ हजार ८ सय ६८, अन्य देशका ६ हजार २९ र ४१ जना प्रवासी नेपाली सङ्ग्रहालय पुगेका छन्। तथ्याङ्क अनुसार साउनमा ४ हजार ९ सय ९९, भदौमा ३ हजार ३ सय ४७, असोजमा ६ हजार ४ सय ३ र कात्तिक २० सम्म ६ हजार १ सय ८९ जना पर्यटकले सङ्ग्रहालय घुमेका छन्।

पर्वतीय पर्यटन र हिमाली जीवनका विविध पक्ष अवलोकन गर्न यो सङ्ग्रहालय निर्माण गरिएको हो। यहाँ पुग्ने पर्यटकले हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला, संस्कृति र भौगोलिक अवस्थाबारे सजिलै जानकारी लिन पाउँछन्।