२४ कार्तिक २०८३, मङ्लबार
10 November 2026, Tuesday

कोप–३१ सम्मेलनका लागि अर्थमन्त्री वाग्ले टर्की प्रस्थान

कोप–३१ सम्मेलनका लागि अर्थमन्त्री वाग्ले टर्की प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्की प्रस्थान गरेका छन्।

टर्कीको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने यो सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकासको विषयमा नेपालको एजेन्डा उठाउनेछन्। सचिवालयका अनुसार, वाग्लेले आधा दर्जन उच्चस्तरीय सत्रहरूमा नेपालको प्रतिनिधित्व गर्दै आफ्ना कुरा राख्नेछन्।

सम्मेलनमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै त्यहाँ पुगिसकेका छन्। अर्थमन्त्री वाग्ले कात्तिक २९ गते आइतबार नेपाल फर्किनेछन्।