३० कार्तिक २०८३, सोमवार
16 November 2026, Monday

छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ: कांग्रेस सभापति थापा

छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ: कांग्रेस सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताएका छन्।

छठको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यो पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा दिने उल्लेख गरे।

सभापति थापाले छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जा बढाउने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना समेत गरेका छन्।