३० कार्तिक २०८३, सोमवार
16 November 2026, Monday

टर्किएमा कोप-३१ सम्मेलन सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

टर्किएमा कोप-३१ सम्मेलन सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

टर्किएमा आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्। सम्मेलनका क्रममा उनले ४४ वटा अति कम विकसित देशहरूको तर्फबाट जलवायु वित्तसम्बन्धी मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे।

उनले नेपाललाई ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ को १०५औँ नयाँ सदस्य बनाएर वित्तसम्बन्धी नीतिगत अवधारणा छलफलमा ल्याएका थिए। अर्थमन्त्रीको सचिवालयका अनुसार, उनले बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता समेत पाएका छन्।

त्यस्तै, नेपालले उठाएका मुद्दामा सहयोग जुटाउन उनले ५ जना प्रभावशाली जलवायु दूतहरू र हरित जलवायु कोषको उच्च नेतृत्वसँग छलफल गरे। विश्व मौसम-विज्ञान सङ्गठनको कार्यक्रमलाई सम्बोधन गरेका उनले चर्चित अर्थशास्त्रीहरूसँग पनि भेटघाट गरेका थिए। यसका साथै उनी टाइम पत्रिकाले सन् २०२६ का लागि छानेका जलवायु क्षेत्रका विश्वका १०० प्रभावशाली व्यक्तित्वको सम्मान कार्यक्रममा पनि सहभागी भएका थिए।