ट्रम्प प्रशासनको कडा नीतिका कारण अमेरिकामा विदेशी विद्यार्थीको सङ्ख्यामा कमी
- ३० कार्तिक २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- ट्रम्प प्रशासनले अध्यागमन नीति कडा बनाएपछि अमेरिकाका विश्वविद्यालयहरूमा अध्ययन गर्न जाने विदेशी विद्यार्थीको सङ्ख्यामा भारी गिरावट आएको छ। सोमबार सार्वजनिक गरिएको इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन (आईआईई) को सर्वेक्षणअनुसार, यस वर्ष अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना ९ प्रतिशतले घटेको छ भने पहिलो पटक आउने नयाँ विद्यार्थीको सङ्ख्या १५ प्रतिशतले ओरालो लागेको छ।
विशेषगरी, भारतबाट जाने विद्यार्थीको सङ्ख्यामा ठूलो कमी देखिएको छ। यसअघि धेरै विदेशी विद्यार्थीहरू स्नातकपछि काम गर्न ‘अप्स्नल प्राक्टिकल ट्रेनिङ’ (ओपीटी) कार्यक्रममार्फत अमेरिकामा बस्ने गर्थे। तर, अब यो कार्यक्रमअन्तर्गत प्रतिविद्यार्थी विद्यालयले ७० हजार डलर शुल्क तिर्नुपर्ने नयाँ नियम प्रस्ताव गरिएपछि यस कार्यक्रममा सहभागी हुने विद्यार्थीको सङ्ख्या पनि ६ प्रतिशतले घटेको छ।
कलेजका अधिकारीहरूका अनुसार, कडा भिसा प्रक्रिया, यात्रा प्रतिबन्ध र महँगो शिक्षाका कारण विदेशी विद्यार्थीहरू अन्य देशतर्फ आकर्षित भइरहेका छन्। विदेशी विद्यार्थीको कमीका कारण कलेजहरूको आम्दानीमा असर परेको छ भने अमेरिकी अर्थतन्त्रमा अन्तर्राष्ट्रिय विद्यार्थीको योगदान पनि २.४ अर्ब डलरले घटेको छ।