६ कार्तिक २०८३, शुक्रबार
23 October 2026, Friday

उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगे पुटिन

उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगे पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन् । उनको विमान बिहीबार बिहान २ बजेतिर हनोईको नोइ बाई विमानस्थलमा अवतरण गरेको थियो ।

पुटिनलाई विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिष्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरेका थिए।

रुसी सञ्चारमाध्यम आरटीका अनुसार पुटिनले राष्ट्रपति तो लाम र प्रधानमन्त्री फाम मिन्ह चिन लगायतका शीर्ष भियतनामी अधिकारीहरूसँग भेट गर्नेछन्।

उक्त वार्तामा दुई देशबीच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक तथा प्राविधिक सहयोगका साथै अन्य विषयमा छलफल हुनेछ ।