२३ भदौ २०८३, मङ्लबार
8 September 2026, Tuesday

शेनझोउ–१७ अन्तरिक्ष यात्रीहरू अन्तरिक्षबाट फर्किएपछि पत्रकारसँग भेटघाट

शेनझोउ–१७ अन्तरिक्ष यात्रीहरू अन्तरिक्षबाट फर्किएपछि पत्रकारसँग भेटघाट

चीनको शेनझोउ–१७ चालक दल मिसनका तीन अन्तरिक्ष यात्रीहरूले दुई महिनाअघि अन्तरिक्षबाट फर्किएपछि पहिलो पटक सार्वजनिक रूपमा शुक्रबार पत्रकारसँग भेटघाट गरेका छन् ।

चालक दलका तीनै सदस्य ताङ होङ्बो, ताङ सेङ्जी र जियाङ जिनलिन शारीरिक र मानसिक स्वास्थ्यमा राम्रो हुनुहुन्छ । उहाँहरूको मांसपेशी बल, सहनशीलता र व्यायाम कार्डियोपल्मोनरी कार्य मूल रूपमा पूर्वउडान स्तरहरूमा फर्किएको छ ।

 उहाँहरूले सबै स्वास्थ्य पास गरेपछि नियमित तालिम सुरु गर्नुहुनेछ ।चीनले सन् २०२३ अक्टोबर २६ मा शेनझोउ–१७ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो र चालक दल यस वर्ष अप्रिल ३० मा पृथ्वीमा फर्किएको थियो ।

 आफ्नो छ महिनाको मिशनमा चालक दलले कक्षमा ८४ वटा अन्तरिक्ष अनुप्रयोग प्रयोग र परीक्षणहरू गरेको तथा धेरै क्षेत्र कभर गर्ने दुई सयभन्दा बढी नमूनाहरू उत्पादन गरेको थियो ।