२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

विराटनगर । पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा  ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् ।