२४ अशोज २०८३, शनिबार
10 October 2026, Saturday

सभापति देउवा र अध्यक्ष ओली राष्ट्रपति कार्यालयमा

सभापति देउवा र अध्यक्ष ओली राष्ट्रपति कार्यालयमा

काठमाडौं, असार २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान भए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली महाराजगन्जस्थित राष्ट्रपति कार्यालय पुगेका छन ।

कांग्रेस र एमालेबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन।

यसअघि राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आह्वान गरेका थिए।

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका राष्ट्रपतिले लागि आह्वान गरेका थिए।