प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री जयशङ्करको शिष्टाचार भेट
- ०६ मंसिर २०८३
- १ मिनेटको पढाई
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष, सम्पर्क सञ्जाल, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। सो अवसरमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको थियो।
भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज अपराह्न नयाँदिल्ली पुगेका हुन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकारहरू, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन्। उच्चस्तरीय भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी भई प्रधानमन्त्री शाह भोलि साँझ स्वदेश फर्कने तालिका छ।