२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

अमेरिकी राष्ट्रपति बाइडेनमाथि चुनावी प्रतिस्पर्धाबाट बाहिरिन सहकर्मीहरुको दवाब

अमेरिकी राष्ट्रपति बाइडेनमाथि चुनावी प्रतिस्पर्धाबाट बाहिरिन सहकर्मीहरुको दवाब

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति जाे बाइडेनले मानसिक स्वास्थ्यको चिन्ता सम्बोधनका लागि चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षण गर्न तयार रहेको बताउनुभएको छ। आफ्नै पार्टीका नेताहरुले आउँदो चुनावको उम्मेदवारीलाई लिएर गरिरहेको चिन्ताकाबीच उहाँले न्यूरोलोजिकल परीक्षण गर्न तयार रहेको बताउनुभएको समाचार संस्था एएनआइले जनाएको छ ।

राष्ट्रपति पदको अर्को कार्यकालका लागि उम्मेदवार रहेका बाइडेनको मानसिक स्वास्थ्य ठिक नभएको भन्दै चिन्ता व्यक्त भइरहेको छ। बाइडेनले आफू राष्ट्रपति कार्यालयमा रहँदा तीन पटक मस्तिष्क स्वास्थ्य जाँच गरेको सबै नतिजा सकरात्मक रहेका पनि बताउनुभएको छ ।

बाइडेनले आफू राष्ट्रपति पदको प्रतिस्पर्धाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले एक कमजोर बहस प्रदर्शनपछि राष्ट्रपतिका लागि आफ्नो योग्यताको बारेमा चिन्तित विरोधी र अमेरिकी मतदातासमक्ष आफूलाई पुष्टि गर्न आवश्यक रहेको पनि स्वीकार गर्नुभएको छ ।

जुन २८ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सिएनएन बहसपछि सहकर्मी नेताहरूले बाइडेनलाई राष्ट्रपति पदको प्रतिस्पर्धाबाट पछि हट्न दवाब दिइरहेका छन् ।