२५ जेष्ठ २०८३, सोमवार
8 June 2026, Monday

इरानमा बस दुर्घटनामा परी मृत्यु भएका पाकिस्तानी तीर्थयात्रीको शव स्वदेश फिर्ता

इरानमा बस दुर्घटनामा परी मृत्यु भएका पाकिस्तानी तीर्थयात्रीको शव स्वदेश फिर्ता

पाकिस्तान- प्रमुख शिया मुस्लिम अनुष्ठानमा जाने क्रममा इरानमा बस दुर्घटनामा परी मृत्यु भएका २८ जना पाकिस्तानी तीर्थयात्रीको शव स्वदेश फिर्ता ल्याइएको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार ५१ जना पाकिस्तानी तीर्थयात्री सवार बस इराक जाँदै गर्दा इरानको तेहरानस्थित याज्द सहरमा मङ्गलबार दुर्घटनामा परेको हो ।

पाकिस्तानी झण्डा ओढाइएका कफिनहरू शुक्रबार ज्याकोबाबाद सहर आइपुगेको र शवलाई एम्बुलेन्समार्फत उनीहरूको गृहनगर पुर्याइएको एएफपीका एक पत्रकारले बताए।

दुर्घटनामा घाइते भएका अन्य तीर्थयात्रीको कराचीको अस्पतालमा उपचार भइरहेको छ ।

मृत तिर्थयात्रीमध्ये ११ जना महिला तथा १७ जना पुरुष रहेको याज्द प्रान्तको सङ्कट व्यवस्थापन प्रमुख अली मालेक–जाडेहले बताए।

इरान ट्राफिक प्रहरीका प्रमुख टेमर होसेनीले दुर्घटनाको कारण ब्रेक फेल एवं अप्ठ्यारो ठाडो सडक संरचना रहेको बताएका छन ।